Logo

खेलकुद

प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात



काठमाडौँ । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

शनिबार राती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए ।

यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार ०८:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।