Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ११:०६   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।