काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंकले घटेको छ ।
आज १२ अर्ब २४ करोडकाे कारोबार भएकाे छ । ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रहेकाे छ । सबै क्षेत्रका सूचक घटेका छन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कमपनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया