Logo

अर्थ

एचआईडीसीएलको बोलकबोल सेयर नपाउनेकाे रकम फिर्ता हुने



काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको सेयर बोलकबोलमा नपाउनेलाई सोमबारदेखि रकम फिर्ता हुने भएको छ ।

एचआईडीसीएलको यसअघि हकप्रदमा बिक्री नभएको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आवेदन माग गरिएको थियो । सो संस्थापक सेयरको कटअफ मूल्य १३५ रुपैयाँ तय भएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।

प्रतिकित्ता १३५ रुपैयाँभन्दा कम मूल्य तोकेर आवेदन दिनेले सोमबारदेखि रकम फिर्ता पाउने छन् भने सोभन्दा माथिको आवेदन दिएकाहरुले केही समयपछि डिम्याट खातामा सेयर पाउने छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १०:३८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।