Logo

अर्थ

एमएडब्लुकाे नाडा अटो शोमा ल्याण्डमार्क बुकिङ



काठमाडौं । एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १ एक हजार बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्री गरेको छ ।

यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिएको दाबी गरेको ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखिएको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो ।

एमएडब्लु समूहका निर्देशक श्री विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे । उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ । यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो ।’

एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित रहेको जनाएको छ ।

नाडा अटो शोमा समूहको सफलता, ग्राहकको सन्तुष्टि र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताको प्रमाण  रहेको दावी कम्पनीले गरेको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १०:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।