Logo

अर्थ

सिटिजन्स क्यापिटलकाे १८औं साधारणसभा सम्पन्न, १५.५० प्रतिशत नगद लाभांश पारित



काठमाडाैं । सिटिजन्स क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १८औं साधारणसभा आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा सम्पन्न भएको हो ।

कम्पनीको उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित भएको छ ।

साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कम्पनीको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरुको बैठक भत्ता परिमार्जन भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १७:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।