Logo

अर्थ

आईपीओ निष्कासन गर्दै पशुपती रिन्यूएबल्स



काठमाडौं । पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।

वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना पहिलो र १५ मेगावाटको धरमनगर सोलार फार्म दोस्रो आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १७:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।