काठमाडौं । अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् ।
यस योजनामा स्योर सट उपहार स्वरूप ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई-प्रेसर कुकर र भ्याक्युम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।
साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सकिनेछ । ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।
ग्राहकहरूले यो योजनाको लाभ भदौ २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरी उठाउन सक्ने कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।




















प्रतिक्रिया