Logo

खेलकुद

बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा



काठमाडौं । भारतले बंगलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ ।

भारतले सेप्टेम्बर १९ देखि बंगालदेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलको टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।

भारतीय टिममा रोहित शर्मा (कप्तान), यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त, ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।

भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बंगलादेशको भारत टुरमा तीन खेलको टी-२० सिरिज पनि खेल्दै छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १०:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।