Logo

अर्थ

होन्डाको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ उपहार योजना सार्वजनिक, १० लाख जित्ने मौका



काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् ।

यसका साथै ‘चुज योर स्किम’ अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड वा रु. १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज वा ‘बाइ १ गेट १ सर्भिसिङ ७ वर्ष सम्म सित्तैमा पाउन पाउन सकिने कम्पनीले जनाएको छ ।

साथै होन्डाको बिग बाइकहरुमा रु. १ लाख सम्म छुट दिने योजना पनि होन्डाले ल्याएको छ । यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले विज्ञप्तिमार्फत लिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १०:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।