काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँ रहेको चाँदी आज १७८० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया