काठमाडौं । सेयर बजार घट्ने क्रम बुधबार पनि जारी रहेकाे छ । नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा कायम भएकाे छ । कारोबार रकम ७ अर्बमुनि खुम्चिएको छ ।
आज ६ अर्ब ८५ करोडकाे सेयर काराेबार भएकाे छ । ६६ कम्पनीको सेयर मूल्य बढ्दा १७४ को घटेकाे छ भने ४ को स्थिर रहेकाे छ ।
आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
एसियन हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहेका छन् ।




















प्रतिक्रिया