Logo

अर्थ

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा कार, मोटरसाइकल र अन्य उपहार पाइने



काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउने भएका छन् । आँउदो चाडपर्वको उपलक्ष्यमा उक्त चामलले उपहार योजना ग्राहकहरु माझ लिएर आएको हो ।

सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्नेछन् ।

थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो । कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन् ।

साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरिदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १७:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।