Logo

अर्थ

सेन्सेइको ‘उत्सव खुसीयाली’ अभियान सुरु



काठमाडाैं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ ।

यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ ।

सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । यसअभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन् ।

बम्परड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५ इन्चको टेलिभिजन जस्ता पुरस्कार प्रदान गरिनेछ।यस्तै ग्राहकहरूको सुविधाका लागि, सीजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १७:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।