काठमाडौं । ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २० गते २७औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा होटल्सले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै, कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ ।
सभा प्रयोजनको लागि ओरियन्टलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, असोज ६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।




















प्रतिक्रिया