Logo

अर्थ

सीईडीबी हाइड्रोपावरकाे ११ प्रतिशत बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने



काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर (करबाहेक) जारी गर्ने भएको हो ।

त्यस्तै बोनस सेयर जारीपछि कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेगरी आगामी साधारणसभा प्रस्ताव लैजाने भएको छ ।

असोज २१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । असोज ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले बोनस सेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ११:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।