काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।




















प्रतिक्रिया