Logo

अर्थ

कामना सेवाको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने



काठमाडौं । कामना सेवा विकास बैंकले १ लाख ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

सर्वसाधारणले समेत खरिद गर्न सक्ने यस सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १४:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।