काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएकाे छ । परिसूचक नेप्से ५०.७३ अंक घटेर २६३७ अंकमा कायम भएकाे छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ ।
कुल २४ कम्पनीको सेयर मूल्य बढ्दा २१९ को घटेकाे छभने एकको स्थिर रहेकाे छ । आज सबै क्षेत्रका सूचक घटेका छन् ।
आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ६४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशका दरले कमाएका हुन् । इस्टर्न हाइड्रोपावरका लगानीर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया