काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।
आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया