काठमाडाैं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।
बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७१ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यस्तै संस्थागत तर्फ भदौ महिनामा अधिकतम ५.५० प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले असोज महिनामा भने अधिकतम ५.०१ प्रतिशत ब्याजदर पाउने छन् ।




















प्रतिक्रिया