Logo

अर्थ

सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ ।

यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना बिजेताहरुलाई जनही रु ५०० को वालेट टप अप र अन्त्यमा १ जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर जितु नेपालको उपस्थिती रहेकाे थियो।

कम्पनीका अनुसार याे अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन सक्नेछन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले बताएको छ ।

कम्पनीले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १४:४७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।