Logo

अर्थ

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म रहने



काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरबाट अन्त्य हुने जनाएको छ ।

एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन भन्दै यो अफर नाडा अटो शोका बेलादेखि सुरु गरेको थियो ।

कम्पनीका अनुसार यो अफर पहिले अक्टोबर ५ सम्म चल्ने योजना रहेपनि ग्राहकहरूको अपूर्व प्रतिक्रिया र उच्च मागका कारण २० सेप्टेम्बरसम्ममात्रै सीमित गरिएको हो । अफर अवधिमा ग्राहकहरूले एमजी जेडएस ईभी डिलक्सलाई चाडपर्वको मूल्य ४६.९९ लाखमा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १७:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।