काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले आज (असोज २ गते) २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।
राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन नियमित रुपमा तरलता खिच्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत २५ अर्ब तान्न लागेको हो । जसको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया