काठमाडौं । विश्व विख्यात मोटरसाईकल ब्रान्ड सिएफ मोटो तथा जिहोको दशैं–तिहार योजना सार्वजनिक भएकाे छ । मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारिक बिक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिक गरेको हाे ।
हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु-प्रतिक्षित र सबैभन्दा रुचाइएको CF Moto को 450MT बाईक को खरिदमा LS2 हेल्मेट निःशुल्क प्रदान गरिने छ । यस बाईकको मजबुद डिजाइन, दमदार प्रदर्शन तथा आकर्षक स्टाइलिङ्गले सुसज्जित छ। 450 MT को अग्रिम बुकिङ्ग पनि खुला गरिएको कम्पनीले जनाएको छ ।
यस्तै गरी सिएफ मोटो अन्तर्गतको 250 NK तथा 300 NK को खरिदमा रु १८,००० सम्मको निःशुल्क एक्सेसोरिजहरु प्रदान गरिने छ । विश्वभरिकै २ पाङ्गे इ.भि रुपान्तरणमा आक्रामक रुपमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको जिल्हो स्कुटरमा पनि आकर्षक योजनाहरु राखिएको छ ।
AE4 मोडलको खरिदमा रु १८,००० को क्यास व्याक अफर राखिएको छ । त्यस्तै गरि AE6+ खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा रु २०,००० नगद छुट मध्ये एक छनौट गर्न सकिनेछ । साथै AE8 को खरिदमा पनि निःशुल्क एक्सेसरिज हरु सँगै रु १०,००० को नगद छुट पनि राखिएको छ । यो पर्व लक्षित योजना १ अश्विन देखि २५ कात्तिक २०८१ सम्म रहने छ ।




















प्रतिक्रिया