Logo

अर्थ

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार सुन तोलामा ८ सयले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १०:४५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।