Logo

अर्थ

पलेशालाई एनसेल फाउन्डेसनले दियो १० लाख नगद



काठमाडौं । एनसेल फाउन्डेसनले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

पेरिस पारालिम्पिक्स-२०२४ मा कांस्य पदक दिलाउन सफल पलेशालाई १० लाख नगद पुरस्कारसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा पलेशासहित अन्य खेलाडीलाई नगदसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।

कम्पनीले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ ।

यसैगरी कम्पनीले तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई समान १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १३:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।