Logo

अर्थ

दशैंमा सीजीका घरायसी सामाग्री खरिदमा १० वटा सुनको सिक्का जित्ने अफर



काठमाडाैं । नेपालको अग्रणी ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ ।

यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।

यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एयरलाइन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ ।

यो योजनामा सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

यस अभियान भदौ २३ गितेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १५:१९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।