Logo

अर्थ

एकैदिन तोलामा १७ सयले बढ्यो सुन, मूल्य हालसम्मकै उच्च



काठमाडौं । एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार ११:०१   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।