काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बौद्धस्थित रहेको मिराज बेकरीबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।
शुक्रबार भएको उक्त सम्झौताअनुसार बैंकका ग्राहकले बेकरीमा छुट पाउनेछन् ।
बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले उक्त बेकरीमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यस किसिमको सेवा ल्याउने गरेको बैंकले बताएको छ ।




















प्रतिक्रिया