काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पुर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन् । लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ ।
पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका छन् ।
‘अहिले क्यान र प्रदेशको वार्षिक साधरणसभा तथा नेपाल प्रिमियर लिग(एनपीएल)मा ब्यस्त रहेकाले समय मिलाउन नसक्दा लिगमा सहभागिता जनाउन सकिएन’, पारसले भने ।
पारस आवद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन् ।
क्यानको वार्षिक साधरणसभा असोज ११ र १२ गते पोखरामा हुँदैछ ।




















प्रतिक्रिया