काठमाडौं । नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन् ।
उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्याेहोरिन् ।
चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।
एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् । सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन् ।




















प्रतिक्रिया