Logo

अर्थ

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान



काठमाडौं । एनएमबि बैंकले एसियाली पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

बैंकले गोबर्धनलाई नगद रु. ५ लाख १ हजारसहित सम्मान गरेको हो । यस्तै उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार ११:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।