काठमाडौं । लाइफ स्टाइल एक्सेसरिज ब्रान्ड अल्टिमाले चाडबाडलक्षित उपहार तथा छुट योजना ल्याएको छ ।
कम्पनीको सोमबार सार्वजनिक योजनाअन्तर्गत ग्राहकले अल्टिमाको उत्पादनमा १० करोड रुपैयाँ बराबरको छुट र ३ करोड रुपैयाँ बराबरको उपहार पाइने जनाइएको छ ।
उक्त योजना असोज ९ देखि २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सोही अवसरमा कम्पनीले नयाँ उत्पादन साउन्डबार, स्पिकर, स्मार्टवाच, पावर बैंक र प्रिमियम इयर बड्स गरी पाँच उत्पादन सार्वजनिक गर्ने बताएको छ ।
यसैगरी कम्पनीले चाडबाडलाई लक्षित गर्दै ‘डिल अफ द डे’, ‘बाई १ गेट १’ र ‘१ रुपैयाँ गेम’ योजना समेत समावेश गरेको छ ।




















प्रतिक्रिया