Logo

अर्थ

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ लाभांश दिने



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बुधबार (आज) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

कम्पनीले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ ।

असोज २३ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १७:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।