Logo

अर्थ

साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १५:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।