Logo

खेलकुद

टी–२० आई सिरिजमा नेपालको विजयी सुरुवात



काठमाडाैं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। नेपाली समय अनुसार आज बिहान पौने ६ बजे सुरु भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो।

टेक्ससको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाई १६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २८ रन जोडेका थिए भने अनिल शाह र आशिफ शेखले २७–२७ रन बनाएका थिए।

१६५ रनको लक्ष्यसहित ब्याटिङ्गमा उत्रिएको अमेरिकाले भने २० ओभरमा ७ विकेट गुमाई १४७ रन जोड्न सफल रह्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।