Logo

अर्थ

थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको सोमबार (कात्तिक ५ गते) बसेको सञ्चालक समिति बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।

आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल थ्रीस्टारको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार ११:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।