काठमाडौं । एनआइसी एसिया बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ११ करोड ५ लाख रुपैयाँ छ ।
यो गत वर्षको भन्दा ८९.०६ प्रतिशतले थोरै हो । गत वर्ष यसले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब ७४ करोड थियो । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ ।
यता, बैंकको सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ । यस बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।




















प्रतिक्रिया