Logo

अर्थ

३ महिनामा बैंकहरूको नाफा सवा १६ अर्ब, कुनको कति?

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालु वर्षको तीन महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।

सबैभन्दा बढी नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो ।

नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार, प्राइम बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ करोड, एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार, एभरेष्ट बैंकले १ अर्ब १२ करोड ७७ लाख ४ हजार, कुमारी बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार नाफा कमाएका छन् ।

यस्तै, स्टयान्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख १ हजार, नेपाल एसबिआई बैंकले ८१ करोड ४६ लाख ५१ हजार, हिमालयन बैंकले ७२ करोड ६४ लाख ३२ हजार, नेपाल बैंकले ६० करोड २१ लख ९८ हजार, लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख ६३ हजार, सानिमा बैंकले ३९ करोड ९५ लाख ३० हजार, सिद्धार्थ बैंकले ३८ करोड २० लाख ८४ हजार, सिटिजन्स बैंकले २४ करोड ६ लाख ९९ हजार, कृषि विकास बैंकले १९ करोड ९ लाख २३ हजार, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख २ हजार र एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् ।

असार मसान्तसम्म एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सानिमा, माछापुच्छ्रे, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १२:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।