Logo

समाचार

भोलि त्रिभुवन विश्वविद्यालयमा शोक बिदा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बुधबार अर्थात् कात्तिक २१ गते शोक बिदा दिइने भएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख गरेका छन् ।

सेवा आयोगका पूर्वअध्यक्ष शर्माको कात्तिक १६ गते निधन भएको थियो। शर्माको निधनमा त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १५:०४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।