Logo

समाचार

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ : सहरी विकासमन्त्री सिंह



काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका  छन् ।

इजिप्टको कायरोमा आज भएको ‘शहरहरु र जलवायु संकट’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए ।

नेपाल जस्ता विकासोन्मुख देशहरुले धेरै कम कार्वन उत्सर्जन गरेतापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोग मार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाए ।

‘एकातिर नेपालमा तिब्र गतिमा शहरीकरण बढिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका असरका रुपमा अतिवृष्टि, अनावृष्टि, बेमौषमी बर्षा, बाढी, पहिरो, हिम पहिरो, हिम ताल विष्फोटन लगायतका जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटनाहरु बढिरहेकाले हरेक बर्ष लाखौँ मानिसहरु प्रभावित हुनुपरेको छ ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले नेपाल सरकारले शहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको पनि बताए ।

नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनर्निर्माण र पुनस्र्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहहरुको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरेपनि विपद्का घटनाहरु धेरै नै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गा¥हो परेको बताए । विपद् पश्चात राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी र साझेदार संघसंस्थाले गरेको सहयोगका लागि पनि उनले प्रशंसा गरे ।

विश्व वाटर अपरेटर्स पार्टनरशिप अलाइन्स (गोपा)को सत्रमा पनि वक्ता रहेका उपप्रधानमन्त्री सिंहले जलवायुजन्य विपद् जस्तै बाढीबाट खानेपानी र सरसफाइका क्षेत्रमा परिररहेको असरबारे पनि विश्वसमुदायको ध्यानाकर्षण गराए । विशेषगरी शहरी विपन्न वर्गमा ठूलो असर देखिएकाले विपद् उत्थानशील संरचना निर्माणमा नेपाल सरकार अग्रसर रहेको भन्दै यसमा संयुक्त राष्ट्रसंघ लगायतका साझेदार संघसंस्थाहरुको साथ सहयोग अपरिहार्य रहेको व्यहोरा विश्वसमुदाय समक्ष गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १७:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।