Logo

प्रमुख समाचार

सडकमै निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो १ लाख जरिवाना



काठमाडौं। काठमाडौँ महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो ।

सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १७:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।