Logo

प्रमुख समाचार

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते



सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएकाे छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १६:५०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।