Logo

प्रमुख समाचार

बागलुङमा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु



पोखरा । बागलुङमा सोमबार बिहान पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी भ्यानमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग२च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो । जैमिनी–७, जैदीको व्यार्थलामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानमा सवार एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १०:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।