Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्री राणा बेइजिङ जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतकाअनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।

औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् । सोही भ्रमणको तयारीका लागि १४ मंसिरमा परराष्ट्रमन्त्री राणा चीनको भ्रमणमा जाने भएकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारी र नेताहरूसँग भेट्ने कार्यक्रम छ । त्यसपछि उनी बेइजिङ पुगेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

चिनियाँ पक्षले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १०:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।