काठमाडौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले बिचमा सात बुँदे सहमति भए प्रच्यात संघीय संसदको प्रमुख विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई छटपट्टि बढ्दै गएको छ ।
तीन पटक सम्म प्रधानमन्त्री बन्दा र झण्डै ४० बर्ष सम्म पार्टी अध्यक्ष रहँदा मुलुकको हितमा कुनै ठूलो उपलब्धी मुलक काम गर्न नसकेका दाहालले अब नयाँ आन्दोलन गर्ने अभिव्यक्ति दिन थालेका छन् ।
यो अभिव्यक्ति जनतालाई झुक्याउने खेल बाहेक अन्य केहि हुन सक्दैन् । दाहालले पछिल्लो समयमा अब आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने र आफु त्यहि मुद्दा लिएर आन्दोलनमा जाने अभिव्यक्ति दिन थालेका छन् ।
कांग्रेस र एमालेलाई पटक पटक प्रयोग गरेर प्रधानमन्त्री बन्न सफल भएका दाहाल अब सरकारको नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेका र कांग्रेस र एमाले मिलेर सरकार बनाएको हुनाले उनले नयाँ आँन्दोलनको उद्घोष गरेका हुन् ।
आफु सरकारको नेततृत्वमा रहँदा पटक÷पटक कांग्रेस र एमालेलाई प्रयोग गर्दै पार्टीगत र आफ्नो व्याक्तिगत स्वार्थ पुरा गर्दै आएका दाहाल अब पुनः सरकारको नेतृत्वमा पुग्ने नसक्ने आँकलन गरेरै जनतालाई झुक्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न चाहिरहेका छन् ।
माओवादी केन्द्र संघीय संसदको निर्वाचनमा खुम्चिदै गएको अवस्थामा फेरी दाहालले नयाँ आन्दोलन गर्ने अभिव्यक्ति दिनु आफ्नो स्वार्थ बाहेक अन्य केहि हुन सक्दैन् । आन्दोलनको घम्कि दिएर होइन् सबै दलको समर्थन भएमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था हुन सक्छ । त्यस्तो व्यवस्था भएपनि दलहरूको व्यवहार नसच्यि सम्म केहि हुनेवाला छैन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न पाउने आशमा यो मुद्दा उठाइएको हो । दाहालमा शासकिय अवस्थामा आफुले शासन गर्ने बेला सकियो भन्ने बुझेरै अहिले प्रधानमन्त्रीय पद्दति बदल्लुपर्ने निचोडमा पुगेको जस्तो देखिएको खबर अभियान साप्ताहिकमा छ ।
माओवादी एक्लैले चाहाँदैमा केहि हुने देखिदैन । उनले जब सम्म कांग्रेस र एमालेको सहमति लिन सक्दैनन् तब सम्म उनले चाहेका कुराहरू पुग्दैन ।
कांग्रेस एमालेको अहिले संसदमा झण्डै दुईतिहाई मत रहेको छ । माओवादी केन्द्र संग जम्म ३२ मत मात्र रहेको र उसलाई साथ दिनसक्ने र बहुमत पुग्न सक्ने कांग्रेस एमाले बाहेकका दलहरू संग त्यो संख्या नभएका कारण दाहालले चाहाँदैमा केही हुन सक्दैन् ।
अब २०५२ साल पछिको जस्तो आन्दोलन गर्न सम्भव नभएको र त्यस्तो आन्दोलनले व्यवस्था परिवर्तन गर्न सक्ने अवस्था समेत देखिदैन् जनताले माफि दिने भनेको एक दुई पटक हो तर पटक पटक माओवादीलाई जनताले साथ दिन सक्दैनन् भन्ने हेक्का अध्यक्ष दाहाललाई होस् ।




















प्रतिक्रिया