Logo

प्रमुख समाचार

कांग्रेसले उपनिर्वाचनमा खाता खोल्यो, जिसस प्रमुखमा निर्विरोध निर्वाचित



काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।

का‌ंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका उम्मेदवार भट्टराई निर्विरोध भएको बताए। उनले पार्टीका उम्मेदवारलाई निर्विरोध बनाउन भूमिका खेल्ने सबै जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।

कांग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले उम्मेदवारी नदिई कांग्रेसकै भट्टराईलाई समर्थन गरेको थियो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०७:१०   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।