काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि गत मंसिर १९ गते काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम भैरहवाको २५.९ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६.१ डिग्री सेल्सियस मापन गरिएको छ ।




















प्रतिक्रिया