Logo

अर्थ

४५.८८ अंकले बढ्याे सेयर बजार, नेप्से २७ सयमाथि



काठमाडौं । सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ ।

नेप्से ४५.८८ अंकले बढेसँगै २७१५ मा कायम भएको छ ।

अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भएकाे छ ।

२११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रहेकाे छ । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढेकाे छ ।

न्यादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरमा करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेकाे छ । खानीखोला हाइड्रोपावरको मूल्यमा करिब १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ ।

आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १५:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।